प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८१-०५-०५

  • A
  • A-
  • A+
Share

अछाम, कमलबजार नगरपालिका-२ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय पदम थापा, सोही नगरपालिका-२ बस्ने ३७ वर्षीय खडक बिष्ट, सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय मन बहादुर चलाउने, सोही नगरपालिका-१ बस्ने ४३ वर्षीय नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका-३ बस्ने २६ वर्षीय प्रेम नेपाली, सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय बिमल विक, पञ्चदेवल बिनायक नगरपालिका-५ बस्ने २४ वर्षीय जगत बहादुर शाही र बाजुरा बुढिगंगा नगरपालिका-६ बस्ने ४६ वर्षीय शेर बहादुर विक रहेका छन् । 

इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ७५ रूपैयाँ, मोबाइल ९ थान र २ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।