मोटरसाइकल आउटराइडर्स तालिम सुरु
२०७८-०९-१२
- A
- A-
- A+
काठमाडौं,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २१औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम सोमबारबाट सुरु भएको छ ।
सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले उक्त तालिमको उद्घाटन गर्दै समय सापेक्ष नयाँ प्रविधिको बारेमा जानकारी दिइ योग्य र दक्ष चालकको उत्पादन गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक ई. अञ्जनराज खरेलले ३५ कार्य दिनको उक्त तालिममा २७ जना प्रहरी जवानको सहभागिता रहेको जानकारी दिनुभयो ।