प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

२०८१-०५-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-४ घर भएका ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, पाल्पा रामपुर नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ३५ वर्षीय सुमन थापा र कालीकोट तिलागुफा नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-७ पशुपती बस्ने ४० वर्षीय कन्नजित राउत रहेका छन् । 

पक्राउ पर्ने मध्ये देव र भीमले ९ जना पीडितबाट ९५ लाख ३४ हजार रूपैयाँ, सुमनले १ जना पीडितबाट १२ लाख रूपैयाँ र कन्जितले १ जना पीडितबाट ३ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले देव र भिमलाई कञ्चनपुर भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट, सुमनलाई काठमाडौं टोखा नगरपालिका-३ बाट र कन्नजितलाई काठमाडौं महरानगरपालिका-७ पशुपतिबाट पक्राउ गरेको हो ।   

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
थुनामुक्त गरीदिन्छु भनी रकम लिने तीन जना पक्राउ
२०८१-०९-०६

 कैलाली, लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् । उनीहरूले लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरीदिन्छु भनी थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रूपैयाँ बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-०५

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका-१३ नयाँगाउँ ठेगाना भई काठमाडौं टोखा नगरपालिका-६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन् । पक्राउ मध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र बुद्धि बहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई काठमाडौं बागबजारबाट र बुद्धि बहादुरलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
२०८१-०९-०४

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा श्री बालाजी इम्पोर्ट प्रालिका संचालक गुल्मी तम्घास नगरपालिका-४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत राजस्थान श्रीढुगरगढ घर भएका ५२ वर्षीय बस्नत कुमार राठी, काठमाडौं महानगरपालिका-१ कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुण्डी सम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ लाख ५० हजार रूपैयाँ र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।