सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०५-२०
- A
- A-
- A+
काठमाडौं, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर सुर्यविनायक नगरपालिका-४ बस्ने ५४ वर्षीय लक्ष्मण श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पुनरावेदन अदालत पाटन ललितपुरको २०७२ साउन २४ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोटबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।