प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

२०८१-०५-२१

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय बिशेष शर्मा समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

इलाम, माई नगरपालिका-३ गोल्टारस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ सधुवा बस्ने ३५ वर्षीय तिर्थ गिरीलाई बिहीबार दिउँसो प्रहरीले प्रकाउ गरेको छ । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-१० घर भई मोरङ बेलबारी नगरपालिका-४ लामपाने टोल बस्ने २८ वर्षीय बिरेन लोवा, भारत वेष्ट बंगाल जलपायुगुडी बादरहाट बस्ने २२ वर्षीय मनोज शर्मा, झापा दमक नगरपालिका-९ चन्द्रमाचोक बस्ने २४ वर्षीय तिलक मग्राती र सप्तरी सुरूङ्गा नगरपालिका-१ सिसुवारी बस्ने २२ वर्षीय एलन बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले बिरेनलाई १० ग्राम, मनोजलाई १ ग्राम, तिलकलाई १ ग्राम र एलनलाई ६ ग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८१-०७-०९

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ पाँच नम्बर गल्लीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश रामपुर ग्राम हाजिर नगर बस्ने २६ वर्षीय रिहान अली र २८ वर्षीय गुफरान अली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले युपी २२ एडि ७२६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित कोहलपुर नगरपालिका-८ बस्ने २४ वर्षीय उत्सब वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेची पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३४ मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ गणेश मन्दिर बस्ने २२ वर्षीय सुमित रोय र सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अभियान साह रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-२ जब्दीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका २५ वर्षीय कौशल अली र सुनसरी कोशी गाउँपालिका-५ बस्ने २१ वर्षीय अरबाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले प्रदेश १-०४-००२ प १२०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०७-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित जंगल छेउबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्राम सहित सोही उपमहानगरपालिका-३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको प्रदेश ०१-०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा ३ वटा बोराभित्र १० वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ स्थित कारागार सुरक्षा गार्ड कञ्चनपुरमा थुनुवा भेट्न आएका भिमदत्त नगरपालिका-८ बस्ने २२ वर्षीय तेजेन्द्र महरालाई अवैध लागूऔषध चरेश ३ ग्राम ४० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले ल्याएको स्याउको दानाभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ भगतपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश कठायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ अत्तरियास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित चुरे गाउँपालिका-३ बस्ने २१ वर्षीय निराजन शाहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, चुरे गाउँपालिका-३ खानीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-२ भट्टेखोला बस्ने २४ वर्षीय दिपक बिष्ट र २४ वर्षीय गोबिन्द बिष्टलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको प्रहरीले धनगढीबाट बैतडी जान लागेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-२ बिजयनगर बस्ने २३ वर्षीय मखन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४३ ग्राम ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सर्लाही, मलंगवा नगरपालिका-११ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित हरिपुर नगरपालिका-१ बस्ने २२ वर्षीय सुलिन्द्र महतो कोईरी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्रदेश २-०३-०२२ प ०७६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०७-०८

मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट सहित सोही महानगरपालिका-५ बस्ने २२ वर्षीय दिपेश शर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बैतडी, पाटन नगरपालिका-६ स्थित सुर्नाया नदीको पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ खोल्सी बस्ने २१ वर्षीय नरेश बिकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८१-०७-०७

दाङ, घोराही उपमहानगरपालिका-१३ डुमरगाउँस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-५ जेदवाङ बस्ने २६ वर्षीय शिवशेष महरा र बाँके कोहलपुर नगरपालिका-४ विद्यानगर घर भएका २९ वर्षीय त्रिलोक केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बा.प्र.०२-०३६ प २७१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०७-०७

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध नुफिन ५ सय ९३ एम्पुल, फेनारगन ५ सय एम्पुल, र डाईजेपाम ६ सय ८८ एम्पुल सहित रौतहट गुजरा नगरपालिका-३ बलुवा घर भएका २० वर्षीय नासिम शेखलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज १९९० नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ अकलघरवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका बस्ने २६ वर्षीय सुसिल कुमार थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पाँचथर, फिदिम नगरपालिका-२ साम्दिनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र मोबाइल १ थान सहित सोही नगरपालिका डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका-५ घर भएकी २४ वर्षीया अर्चना राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।