प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१-०५-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बुद्धचोकस्थित अन्जन श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं माकलबारी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-३ घर भएका ३० वर्षीय बिनोद तामाङ समेत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार