प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित चार जना पक्राउ

२०८१-०५-३१

  • A
  • A-
  • A+
Share

मोरङ, बिराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाँटस्थितबाट अवैध लागूऔषध गाँजा ४३ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-१५ बस्ने ३२ वर्षीय गणेश चौधरी र सोही महानगरपालिका-१३ बस्ने २२ वर्षीय रोजेश परियार रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८ च ७८८० नम्बरको कारलाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी चालक गणेश र कारमा सवार रोजेशलाई पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१ नैनादेवी चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा पर्शुराम नगरपालिका-१० बस्ने  ७० वर्षीय नर बहादुर बिष्ट र कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय सुनिल शर्मा रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०५-३१

रूपन्देही, बुटवल उपमहानगरपालिका-२ भिमसेन पथबाट अवैध लागूऔषध गाँजा २९ किलोग्राम, ३ थान मोबाइल, नगद ७६ हजार ५ सय रूपैयाँ र तराजु १ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बुद्ध लक्ष्मी साही खड्की, ३४ वर्षीया हिना साही खड्की र दैलेख महाबु गाउँपालिका-४ बस्ने २३ वर्षीया रिहा साही ठकुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो ईकाई कार्यालय भैरहवा र प्रहरी बिट जितगढी किल्ला मैनाबगरबाट खटिएको प्रहरीले बुद्ध लक्ष्मी साहीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगञ्ज महानगरपालिका-८ पानीटंकी टोलस्थित जमुना सेकुवा पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम सहित भारत विहार मोतीहारी थाना आदापुर बस्ने २३ वर्षीय बिकाश कुमार पटेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२२ कान्तितालस्थित सडकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित डुडुवा गाउँपालिका-३ बस्ने २९ वर्षीय सलमान खाँलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ३९७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ७ सय १० मिलिग्राम, नाइट्राभेट १ पत्ता र ट्रामाडोल २ पत्ता सहित सोही नगरापालिका-९ बस्ने २७ वर्षीय पदम बहादुर शाहीलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र ०२-००१ ख ०७६९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोग्राम र मोबाइल १ थान सहित सोही गाउँपालिका-४ बस्ने ३४ वर्षीय वृद्धिलाल तामाङ समेत ३ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदैं गरेको लु.२ ख ४५२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८१-०५-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा २ सय २३ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धार्के गाउँपालिका-४ बस्ने ३४ वर्षीय जिबन मगर र सोही गाउँपालिका-६ महादेबबेशी बस्ने ३० वर्षीय प्रदिप क्षेत्री रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.२१ च ५२२६ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक जिबन र पिकअपमा सवार प्रदिपलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ५० ग्राम सहित सोही महानगरपालिका-५ मालेपाटन बस्ने २४ वर्षीय मिलन थापा मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया जोगबनी-६ बस्ने २४ वर्षीय बिक्की राय, १९ वर्षीय देव राउत र मोरङ बिराटनगर महानगरपालिका-१ बस्ने २६ वर्षीय बिधान अधिकारी रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, कर्जन्हा नगरपालिका-१० प्रयागपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा धनुषाधाम नगरपालिका-३ बस्ने ३५ वर्षीय उमेश ठाकुर र बटेश्वर गाउँपालिका-२ बटेश्वर बस्ने ५० वर्षीय प्रबेश ठाकुर रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मिर्चैयाबाट बन्दीपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००४ प ३३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  डोल्पा, ठूलीभेरी नगरपालिका-५ माझफालबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३६ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २३ वर्षीय मानव केसी र सोही नगरपालिका-८ बस्ने ३० वर्षीय चन्द्रलाल दर्जी रहेका छन् । प्रहरी चौकी माझफाल र जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-२० एयरपोर्ट प्रगती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ ग्रिनसिटि बस्ने २४ वर्षीय समिम कुरेसीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने ३२ वर्षीय तेज भट्‍राई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८१-०५-२८

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार हाईट बस्ने २९ वर्षीय पवन नेपाली र ३५ वर्षीय रवी तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट सातबिसे र प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले शिखर बेशीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ६३९० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिराहा, औरही गाउँपालिका-१ हनुमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४ सय मिलिग्राम, मोबाइल ४ थान र नगद १ लाख १९ हजार रूपैयाँ सहित सिरहा नगरपालिका-१ बस्ने २७ वर्षीय पंकज यादव समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो गोलबजार र प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले हर्कट्टीबाट भारत लदनियाँ बोर्डरतर्फ जाँदै गरेको बिआर ०६ डिसि ४९९५ नम्बरको जिपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक यादव समेत ३ जनालाई पक्राउ गरेको हो ।  कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया गाउँ बस्ने ४० वर्षीय राम बहादुर चौधरी समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय १० मिलिग्राम, मोबाइल ५ थान, डिजिटल तराजु १ थान, कैची १ थान र नगद ७ हजार ५ सय ५० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले राम बहादुर चौधरीको घरबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा ८ सय ग्राम सहित ललितपुर महानगरपालिका-१४ नख्खिपोट बस्ने ३९ वर्षीय नरेश वनेमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १८०८ नम्बरको बसको डिक्कीमा कागजात नभएको कुरियरको सामान तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कुरियरको सामान नरेशको रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पाँगास्थित युनिक एण्ड युनिशा मिट पसलबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ९४ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० फाईल, नाईट्राभेट १ फाईल सहित पसलका संचालक धादिङ शिद्वलेख गाउँपालिका-३ चालिसे घर भएका ३० वर्षीय बिष्णु श्रेष्ठ समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-९ बस्ने २७ वर्षीय नबिन हमाल र कैलाली धनगढी उपमहानगरपालिका-३ बस्ने २६ वर्षीय मनोज ऐरी रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।