प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

२०८१-०६-०१

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर नगरपालिका-१० बालबिद्या टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-७ घर भई कोहलपुर नगरपालिका-१० बस्ने २१ वर्षीय रिसब श्रेष्ठ र २२ वर्षीय महेश शाही रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ स्थित न्युसिटी बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१५ रंगिलाचोक बस्ने २८ वर्षीय किशोर बिकलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट न्युसिटी बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बिशाल चोक बस्ने २२ वर्षीय कर्ण लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

डडेल्धुरा, अमरगढी नगरपालिका-७ पोखरा बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय तेज कैनिलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी अजयमेरू गाउँपालिका-६ भण्डारीगाउँबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४७ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय राज सिंह भण्डारीलाई अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरीले सोमबार राती पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०६-१०

कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकस्थित बाजुरा होटलबाट अवैध लागूऔषध चरेश ७ सय ४० ग्राम सहित होटल संचालिका बाजुरा खप्तड छेडेदह गाउँपालिका-४ घर भएकी ४१ वर्षीया मनमति ऐडि रावतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी कैलाली गौरिगंगा नगरपालिका-८ बडैपुरबाट अवैध लागूऔषध चरेश २ किलो ७ सय ४० ग्राम सहित बझाङ केदारस्युँ गाउँपालिका-६ बस्ने २३ वर्षीय गोबिन्द धामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-११ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय चुलही जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०६-०९

उदयपुर, कटारी नगरपालिका-७ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-१ बस्ने ३० वर्षीय सरोज राई र २८ वर्षीय दल बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेट सहित बारा फेटा गाउँपालिका-४ बस्ने २१ वर्षीय सुनिल कुमार मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बारा कलैयादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ८१०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।   झापा, झापा गाउँपालिका-६ शरणमतीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ पन्थपाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-११ शिवजी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने ३७ वर्षीय बादल गुरुङ र सोही उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय रोहित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-११ सितापुर टोल बस्ने ४३ वर्षीय संजय यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ झलारी गाउँ बस्ने २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश राना रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका-१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले सुनौलीबाट बाग्लुङतर्फ जाँदै गरेको लु.१ ख ८९८४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०६-०८

कैलाली, गौरीगंगा नगरपालिका-८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्स पसल संचालन गरी बस्ने बझाङ केदारेश्वर गाउँपालिका-६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बर बहादुर गुरधामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५३ ग्राम ८ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल मसुरियाबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-६ भमरा राई टोल बस्ने ३३ वर्षीया बिमला अधिकारी फुयाललाई अवैध लागूऔषध गाँजा १ किलो ७ सय ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको बङ्गुरको खोर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१७ हरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब ५ सय मिलिग्राम, नगद ५ हजार ३० रूपैयाँ र  मोबाइल १ थान सहित सोही महानगरपालिका-१९ आदर्श टोल बस्ने २४ वर्षीय समिर महत्तोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२ छप्कैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-२ बस्ने ४७ वर्षीय सुरेश पहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट छप्कैयाबाट खटिएको प्रहरीले ना.१ ह ५३२९ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ई-रिक्सा चालक पहरीलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०६-०७

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३४ वर्षीय डम्बर भण्डारी र उनकै श्रीमती २३ वर्षीया अमृता कार्की रहेका छन् । प्रहरी चौकी बाङगेसिमल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने २१ वर्षीय सबुत हायुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८१-०६-०६

सुनसरी, कोशी गाउँपालिका-१ यादव टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१७ बस्ने २४ वर्षीय समिम मिँया र रामधुनी नगरपालिका-३ बस्ने २८ वर्षीय अमित चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौक‍ही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.६ प ३०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार कार्यालयस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईनरूवा नगरपालिका-५ बस्ने ३० वर्षीय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका-१० बस्ने २९ वर्षीय बिकास अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले बा.४९ प ७७८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय सन्दिप चापागाइ र सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय अर्जुन बिक रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुल सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित इलाम सुर्योदय नगरपालिका-६ बस्ने २८ वर्षीय अनिल प्रधानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-९ घोडामारा चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सरेन किश्‍कुलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले भद्रपुरबाट घोडामारतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा मेचिनगर नगरपालिका-१४ बस्ने २९ वर्षीय रबिन ढोली, कमल गाउँपालिका-२ बस्ने २४ वर्षीय साहिल दर्नाल र भद्रपुर नगरपालिका-९ बस्ने २१ वर्षीय सामेल मगरले उक्त लागूऔषध खरिद गर्ने भन्ने खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  कैलाली, लम्कीचुहा नगरपालिका-७ नयाँ बस्तिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ गुलरा बस्ने ३७ वर्षीय जनक कुमार मिजार र बर्दगोरिया गाउँपालिका-४ बस्ने २६ वर्षीय तेज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ डेरा गरी बस्ने जानकी गाउँपालिका-५ घर भएका ३५ वर्षीय फैयाज अलिजागा र भारत तिकुनिया घर बताउने २१ वर्षीय मोहित अलि रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।