वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-०८
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ब्रुनाई, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ताप्लेजुङ फुङलिङ नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २९ वर्षीय प्रज्ञान उप्रेती र मकवानपुर थाहा नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विश्वराज रूम्बा रहेका छन् ।
पक्राउ मध्ये प्रज्ञानले १ जना पीडितबाट ५ लाख रूपैयाँ र विश्वराजले १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रज्ञानलाई काठमाडौं कोटेश्वरबाट र विश्वराजलाई कलंकीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।