जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०६-१९
- A
- A-
- A+
दाङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने ४० वर्षीय धर्मराज यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-१ बस्ने २१ वर्षीय दिक्छेन तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई गत असोज १४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।