जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०६-२२
- A
- A-
- A+
तनहुँ, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० लामिश्वारा आदर्श टोल बस्ने ४५ वर्षीय दिल बहादुर विकलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।