प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

२०८१-०६-२२

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-१३ श्रिलंकास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा बैतडी सुर्नया गाउँपालिका-२ बस्ने ३४ वर्षीय करन बिष्ट समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८९ हजार ९ सय २० रूपैयाँ, २ वटा मोटरसाइकल र ६ गड्डी तास  सहित पक्राउ गरेको हो । 

लमजुङ, बेसिशहर नगरपालिका-७ पुरानो बैंक चोक बस्ने खजिन्द्र गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बेसिशहर नगरपालिका-८ बस्ने ३३ वर्षीय अक्सर अलिख मिया समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय ८० रूपैया सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित मान सिंह ठगुन्नाको धामी कटेजमा जुवातास खेलिरहेको अवस्थामा शुक्लाफाँटा नगरपालिका-७ बस्ने २४ वर्षीय बिपिन सिंह समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ४ सय ६० रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८१-०८-२७

काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने चमन सिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा  धादिङ घर भई काठमाडौं टोखा बस्ने ३६ वर्षीय लोर बहादुर गुरूङ समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २४ हजार ६ सय ७५ रूपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८१-०८-२५

काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने गोरखा घर भएका ४९ वर्षीय खड्ग बहादुर अधिकारी समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ आठकिलो बस्ने साङदोर्जे शेर्पाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ तातोपानी बस्ने ३० वर्षीय होम बहादुर गुरूङ समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रविसे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ६ सय ८४ रूपैयाँ र ज्याक्पट क्यासिनो मेसिन २ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।