प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित एक जना पक्राउ

२०८१-०६-२९

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-१ बाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित सोही ठाउँ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार
मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०६-२१

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ । बिमलाले मौरिसस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।