प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित दुई जना पक्राउ

२०८१-०७-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९ खरंगाबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीया चन्द्रमाया लो लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  

धनकुटा, छथरजोरपाटी गाउँपालिका-२ जोरपाटीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय बिनोद राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०७-०१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित मकवानपुर थाहा नगरपालिका-६ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७३३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा मकवानपुर थाहा नगरपालिका-९ बस्ने २९ वर्षीय भुपेन्द्र बस्नेत उक्त पदार्थ रिसिभ गर्न आउने खुल्न आएपछि उनलाई काठमाडौं चन्द्रागिरी नगरपालिका-१ दह चोकबाट प्रहरीले पक्राउ गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-१५ सुर्मीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मनिराम राना  र २४ वर्षीय हुकुम सिंह राना रहेका छन् । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भोजपुर, अरूण गाउँपालिका-६ जरायोटारस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय १० मिलिग्राम सहित भोजपुर नगरपालिका-९ बस्ने २५ वर्षीय अमुल राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरीले दमकबाट भोजपुरतर्फ आउँदै गरेको बा.३ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०६-३०

कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय छोटे रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, रामधुनी नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय संजय कुमार चौधरी, ३० वर्षीय शैलेष राई र २५ वर्षीय नारायण खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०६-२९

झापा, भद्रपुर नगरपालिका-५ बसपार्कस्थित न्यू बान्तवा होटलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५२ ग्राम २ सय ९० मिलिग्रामसहित भारत बिहार किसानगंज ठाकुरगंज पंचायत उर्दु कोलोनी-८ बस्ने ३८ वर्षीय जमकोद खान र निजको छोरा १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कैलाली, गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध चरेश ५ सय ४५ ग्राम सहित सोही ठाउँ बस्ने ५९ वर्षीय सहदेव भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०६-२८

दार्चुला, महाकाली नगरपालिका-४ राधाकृष्ण चोकस्थित पारस वियर बार एण्ड फाष्ट फुड होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थान सहित होटल संचालक दुहुँ गाउँपालिका-२ हिकिला बस्ने ४४ वर्षीय कलम सिंह डडाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१४ तिनकुने चोक बस्ने २० वर्षीय सरोज सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका-१४ पुष्पाञ्जली टोल बस्ने ३० वर्षीया मन कुमारी सुनारसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात उनको घर तलासी गर्दा नगद १ लाख १३ हजार १ सय ६० रूपैयाँ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०६-२४

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-८ खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम, २ थान मोबाइल र नगद २ हजार ५ सय रूपैयाँ सहित दैलेख नारायण नगरपालिका-११ बस्ने २४ वर्षीय दिलिप सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१५ परिवर्तित मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय राजु  थापा र २८ वर्षीय अभिषेक मगर रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित इलाम, इलाम नगरपालिका-९ बस्ने ३२ वर्षीय दिपेन्द्र राणा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०६-२३

दाङ, घोराही उपमहानगरपालिका-१८ मसिनाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३८ किलो ९ सय ७२ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११ किलो १ सय ८० ग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिका-४ बस्ने ३७ वर्षीय सुविन्द्र पुन, सोही गाउँपालिका-३ बस्ने ५१ वर्षीय चेतन बुढा र  दाङ घोराही उपमहानगरपालिका-१८ मसिना बस्ने रूकुम पूर्व घर भएकी ४२ वर्षीया बिनी पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित अर्जुनधारा नगरपालिका-४ बस्ने २० वर्षीय पुष्प तुम्वापोलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, गौरीगंगा नगरपालिका-७ लाहानुचोकस्थित दिपक धामीको खाली घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५१ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-८ गुलनियाँ बस्ने २६ वर्षीय रूपेन्द्र कलेल र सोही नगरपालिका लिक्मा बस्ने २६ वर्षीय पदम बहादुर कलेल रहेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८५ मिलिग्राम सहित सोही नगरपालिका-६ कसरौल बस्ने २५ वर्षीय रमेश खातीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।