प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

२०८१-०७-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर बस्ने तिर्थराज न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा भिमेश्वर नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४८ वर्षीय दीपक कुमार थापा समेत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९६ हजार ३ सय ४५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय रोहित सिजापति समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ३ सय ५० रूपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो ।

दाङ, शान्तिनगर गाउँपालिका-४ जुम्लिखोला बस्ने धर्म बहादुर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय देव बहादुर केसी समेत १० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ३ सय ५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८२-०२-२७

काठमाडौं, नागार्जुन नगरपालिका-४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषा समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ६ सय ३० रूपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोक बस्ने ६६ वर्षीय झुपलाल गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपलाल समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद १० हजार ६ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८२-०२-२५

काठमाडौं, काठमाडौं महानगरपालिका-३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक डम्बर समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङस्थित साथीभाई खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिना समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।