प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

२०८१-०७-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित जंगल छेउबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्राम सहित सोही उपमहानगरपालिका-३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको प्रदेश ०१-०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा ३ वटा बोराभित्र १० वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ स्थित कारागार सुरक्षा गार्ड कञ्चनपुरमा थुनुवा भेट्न आएका भिमदत्त नगरपालिका-८ बस्ने २२ वर्षीय तेजेन्द्र महरालाई अवैध लागूऔषध चरेश ३ ग्राम ४० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले ल्याएको स्याउको दानाभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ भगतपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश कठायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-१ अत्तरियास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित चुरे गाउँपालिका-३ बस्ने २१ वर्षीय निराजन शाहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, चुरे गाउँपालिका-३ खानीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-२ भट्टेखोला बस्ने २४ वर्षीय दिपक बिष्ट र २४ वर्षीय गोबिन्द बिष्टलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको प्रहरीले धनगढीबाट बैतडी जान लागेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टिकापुर नगरपालिका-२ बिजयनगर बस्ने २३ वर्षीय मखन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४३ ग्राम ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सर्लाही, मलंगवा नगरपालिका-११ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित हरिपुर नगरपालिका-१ बस्ने २२ वर्षीय सुलिन्द्र महतो कोईरी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्रदेश २-०३-०२२ प ०७६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ७ जना पक्राउ
२०८१-०७-१२

दाङ, तुलसीपुर उपमहानगरपालिका-८ दुधयानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय ९० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने ५३ वर्षीया तिल कुमारी बिश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई ३ सय ५० ट्याब्लेट सहित पक्राउ गरेको थियो । साथै अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा घरमा लुकाई छिपाई राखेको थप २ हजार ३ सय ४० ट्याब्लेट फेला परेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित संखुवासभा चैनपुर नगरपालिका-१ बस्ने २० वर्षीय सन्तोष शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-६ स्थित सेरा पुल नजिकै जंगलबाट अवैध लागूऔषध गाँजा २० किलोग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सागुरगढी गाउँपालिका-१ बस्ने ३२ वर्षीय बुद्धराज लिम्बु र ३० वर्षीय महा प्रसाद लिम्बु रहेका छन् । प्रहरी चौकी पानमारीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ जाँदै गरेको को.३२ प १७५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ८० मिलिग्राम सहित अछाम चौरपाटी गाउँपालिका-१ घर भई धनगढी उपमहानगरपालिका-४ स्थित प्रियंका होटल संचालन गरी बस्ने ३६ वर्षीय विजय साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-६ प्रतापुर बस्ने ५६ वर्षीय भक्त बहादुर राईलाई अवैध लागूऔषध गाँजा ४१ किलोग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखिएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंक बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८१-०७-११

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने २० वर्षीय अमन चौधरी र सोही उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय रजिंत चमार रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईनरूवा नगरपालिका-५ बस्ने २५ वर्षीय प्रेम कुमार खंग र सोही नगरपालिका-३ डाँडा टोल बस्ने २८ वर्षीय शंकर कुमार देव रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५० प २६०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका-४ बस्ने २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय ईम्रान अन्सारी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-८ कालिनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रमोद कोइराला र २८ वर्षीय तेज राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ लोकनगर बस्ने १९ वर्षीय राजु थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बेलबारी नगरपालिका-१० भाउन्नेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ट्याब्लेट र डिकोलिक ५ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय दिपेश राई समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ स्थित डेरा गरी बस्ने २३ वर्षीय अरूण नेपालीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङको नमुना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुजन गुरूङ र हेटौंडा उपमहानगरपालिका-१० बसपार्क बस्ने ३३ वर्षीय अजय गहतराज रहेका छन् । अस्थायी प्रहरी पोष्ट थाना भर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगर खानेपानी टयाङ्की नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन बोगटीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-५ बस्ने २४ वर्षीय प्रदिप धोवीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । डडेल्धुरा, अमरगढी नगरपालिका-९ ढाटगाउँ बस्ने ३२ वर्षीय राजेश पाललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०७-१०

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १० ग्राम ८ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ फुटाह बस्ने २६ वर्षीय अमृत नेपाली, जाजरकोट छेडागाड नगरपालिका-१२ बस्ने २४ वर्षीय कालि बहादुर चदारा र उनकै श्रीमती २० वर्षीया सुनिता बिक रहेका छन् ।  प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-५ लालबोजीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ रजबारा बस्ने  २२ वर्षीय रूपेश बिक र घोडाघोडी नगरपालिका-४ सिमथरी बस्ने २१ वर्षीय कुसल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्विपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका-२ साडेपानी बस्ने २१ वर्षीय प्रशान्त चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २३ ट्याब्लेट सहित सोही नगरपालिका-१ बेलार बस्ने २१ वर्षीय आकास शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्सडबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  इलाम, माई नगरपालिका-४ सुखानी सहिद पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २९ वर्षीय मनोज तामाङ र उनकै भाइ २४ वर्षीय सुमन तामाङ रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ बराहक्षेत्र ज्यामिरेदह सामुदायिक वनको पिपल चौतारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ७० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका-५ नामीनगर बस्ने २६ वर्षीय दिपेश डाँगीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोटस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नुर्फिन २ सय एम्पुल सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम घर भएका ३५ वर्षीय दिपेश श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-६ बस्ने २४ वर्षीय लालबाबु पासवान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयाबाट नारायणगढतर्फ जाँदै गरेको बा.५४ प ६५९८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने २१ वर्षीय अरूण भित्रीकोटीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८१-०७-०९

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ पाँच नम्बर गल्लीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश रामपुर ग्राम हाजिर नगर बस्ने २६ वर्षीय रिहान अली र २८ वर्षीय गुफरान अली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले युपी २२ एडि ७२६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित कोहलपुर नगरपालिका-८ बस्ने २४ वर्षीय उत्सब वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेची पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३४ मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ गणेश मन्दिर बस्ने २२ वर्षीय सुमित रोय र सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अभियान साह रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-२ जब्दीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका २५ वर्षीय कौशल अली र सुनसरी कोशी गाउँपालिका-५ बस्ने २१ वर्षीय अरबाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले प्रदेश १-०४-००२ प १२०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।