अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०७-१०
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १० ग्राम ८ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ फुटाह बस्ने २६ वर्षीय अमृत नेपाली, जाजरकोट छेडागाड नगरपालिका-१२ बस्ने २४ वर्षीय कालि बहादुर चदारा र उनकै श्रीमती २० वर्षीया सुनिता बिक रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-५ लालबोजीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ रजबारा बस्ने २२ वर्षीय रूपेश बिक र घोडाघोडी नगरपालिका-४ सिमथरी बस्ने २१ वर्षीय कुसल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्विपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका-२ साडेपानी बस्ने २१ वर्षीय प्रशान्त चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २३ ट्याब्लेट सहित सोही नगरपालिका-१ बेलार बस्ने २१ वर्षीय आकास शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्सडबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
इलाम, माई नगरपालिका-४ सुखानी सहिद पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २९ वर्षीय मनोज तामाङ र उनकै भाइ २४ वर्षीय सुमन तामाङ रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१३ बराहक्षेत्र ज्यामिरेदह सामुदायिक वनको पिपल चौतारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ७० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका-५ नामीनगर बस्ने २६ वर्षीय दिपेश डाँगीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोटस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नुर्फिन २ सय एम्पुल सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम घर भएका ३५ वर्षीय दिपेश श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-६ बस्ने २४ वर्षीय लालबाबु पासवान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयाबाट नारायणगढतर्फ जाँदै गरेको बा.५४ प ६५९८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने २१ वर्षीय अरूण भित्रीकोटीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।