अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८१-०७-११
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ३६ वर्षीय राम बिलास राना र १९ वर्षीय महेश राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।