प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

२०८१-०७-१४

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-८ गहवा टोलस्थित प्रभु साह कानुको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ गहवा टोल बस्ने ४० वर्षीय बिरेन्द्र साह कानु समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भिमदत्त नगरपालिका-५ बनगाउँ बस्ने ३२ वर्षीय भिम घटालको घरमा जुवातास खेलिरहेको अवस्थामा भिम समेत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ३ सय २२ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

बझाङ, जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने बजुर खड्काको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा बजुर समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार १ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-८ हरीनगर बस्ने प्रदिप भुलको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रदिप समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार २ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

इलाम, इलाम नगरपालिका-७ चोक बजारमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४४ वर्षीय सुमन श्रेष्ठ समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४५ हजार ३ सय ६० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।