अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ
२०८१-०७-३०
- A
- A-
- A+
काठमाडौं, अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गरेको अभियोगमा नवलपरासी पश्चिम प्रतापुर गाउँपालिका-७ बस्ने २४ वर्षीय अमन प्रताप हरिजनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहयोगमा उनलाई नवलपरासीबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।