अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०८-०४
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बर्धवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ हस्नपुर बस्ने २७ वर्षीय नवराज पुरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय आश्विक थारूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित पाँचथर फालेलुङ गाउँपालिका-६ ओदिम्बा टोल घर भई इलाम सूर्योदय नगरपालिका-८ फिक्कल श्रीअन्तु रोड बस्ने २४ वर्षीय बसन्त राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, फेनारागन २८ एम्पुल र ब्रुफिन २८ एम्पुल सहित सोही महानगरपालिका-५ शान्तिनगर डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका-१४ माधबपुर घर भएका २७ वर्षीय रूबिन वाईवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख २५३० नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।