प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

२०८१-०८-०५

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ लालपुर बस्ने २० वर्षीय अमिर अली र कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने २५ वर्षीय सुरेन्द्र विक रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-८ बाबानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम, मोबाइल २ थान र नगद १२ हजार ९ सय १० रूपैयाँ सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-८ ठेगाना भएका ३० वर्षीय रेशम विक, सोही नगरपालिका-८ गोल्छा बस्ने २४ वर्षीय दिपक यादव र २२ वर्षीय केशव नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले रेशमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका बराहक्षेत्र नगरपालिका-९ राजावास बस्ने २२ वर्षीय शिव चन्द्रवंशी र २० वर्षीय अभिषेक चन्द्रवंशीलाई २ ग्राम, भारतबाट नेपालतर्फ आउँदै गरेको को.१४ प १९१७ नम्बरको मोटरसाइकलमा सवार भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने १९ वर्षीय नजाम मन्सुरीलाई  ८ सय ३० मिलिग्राम र प्रदेश.१-०१-०१३ प ७६१५ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय अमित गुरूङ र ४० वर्षीय हुकुम राईलाई १ ग्राम ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०८-०६

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय विकास विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित केराबारी गाउँपालिका-१० बस्ने ३३ वर्षीय अनिश मगर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २८ ट्याब्लेट सहित सुनसरी धरान उपमहानगरपालिका-१५ मिलन चोक बस्ने ३२ वर्षीय सुजन राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  । सुनसरी, रामधुनी नगरपालिका-३ पिप्रा बैठार बस्ने २७ वर्षीय शिव शंकर चौधरी र ३० वर्षीय दुलारे खाँ लाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले दुलारेको घरबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-३ परासी झुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र टालजेसिक २ सय एम्पुल सहित भारत नौतनवा घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले युपि ५६ एएस १७०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०८-०५

कञ्चनपुर, भिमदत्त नगरपालिका-५ बनगाउँ बस्ने ७७ वर्षीय पिउठ बोहरालाई अवैध लागूऔषध चरेश २ किलोग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा ७ सय ५० ग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय उदिम राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०८-०४

बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बर्धवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ हस्नपुर बस्ने २७ वर्षीय नवराज पुरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको    छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय आश्विक थारूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित पाँचथर फालेलुङ गाउँपालिका-६ ओदिम्बा टोल घर भई इलाम सूर्योदय नगरपालिका-८ फिक्कल श्रीअन्तु रोड बस्ने २४ वर्षीय बसन्त राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, फेनारागन २८ एम्पुल र ब्रुफिन २८ एम्पुल सहित सोही महानगरपालिका-५ शान्तिनगर डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका-१४ माधबपुर घर भएका २७ वर्षीय रूबिन वाईवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख २५३० नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०८-०३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ नैकाप ठकुरी गाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, चक्कु १ थान, हातमा प्रयोग हुने नग १ थान र हतौडा १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका घर भएका १९ वर्षीय जिवन परियारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।झापा, भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २७ वर्षीय विनायक थुलुङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १ मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोक डेरा गरी बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  जुम्ला, चन्दननाथ नगरपालिका-६ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्राम सहित चन्दननाथ नगरपालिका-९ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।