मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७८-०९-२१
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-७ मा पार्किङ गरी राखेको को.२८ प ६५४९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सुनसरी दुहवी नगरपालिका-५ बस्ने २० वर्षीय मनिष परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त मोटरसाइकल पुस १४ गते दिउँसो चोरी भएको थियो ।
उनी उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।