प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

२०८१-०८-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३५ वर्षीय ईन्सु रायलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २२९४ नम्बरको बसलाई जाँच गर्न क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय सुसान्त विश्वास समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्राम सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा पाख्रिबास नगरपालिका-२ सान्ने बस्ने २७ वर्षीय संजिप तामाङ, ३६ वर्षीय राजेश तामाङ, सोही नगरपालिका-८ मुगा बस्ने २७ वर्षीया सुगम राई र २३ वर्षीया निगम राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले प्रदेश-१-०४-००१-प ४७७३ नम्बरको स्कुटर र बा.९६ प ७२११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने स्कुटर र मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

कैलाली, लम्किचुहा नगरपालिका-३ चिसापानी खैरेनीबाट अवैध लागूऔषध चरेश २ किलो ७५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकोट पचालझरना गाउँपालिका-६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ फकलपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३५ वर्षीय निर्मल चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ६ सय ४० मिलिग्राम सहित मकवानपुर थाहा नगरपालिका-६ बस्ने ३१ वर्षीय आशाकाजी तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ पंचगावा बस्ने ५० वर्षीया रेश्मा देवी भरलाई अवैध लागूऔषध गाँजा करिब १३ किलो ८ सय ८० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ शिवनगर बस्ने २७ वर्षीय गणेश गुप्तालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले तुलसीपुरदेखि गोठिखोलातर्फ जाँदै गरेको रा.७ प ८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
करिब १ सय ८५ किलो गाँजा सहित पिकअप चालक पक्राउ
२०८१-०८-०८

सिन्धुली, कमलामाई नगरपालिका-९ चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८५ किलोग्राम सहित चितवन भरतपुर महानगरपालिका-६ बस्ने ३९ वर्षीय शेर बहादुर लामालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडा, सिन्धुली हुँदै बर्दीबासतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २२८० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक लामालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०८-०७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको भे. १ ख ४१५९ नम्बरको बसमा सवार बाँके कोहलपुर नगरपालिका-१४ बस्ने २४ वर्षीय बिमल तामाङलाई १ ग्राम ५ सय मिलिग्राम तथा इलामबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१ ०१-००१ ख ४४८८  नम्बरको बसमा सवार झापा भद्रपुर गाउँपालिका-९ बस्ने २७ वर्षीय सञ्जय सुब्बा र २९ वर्षीय उज्वल राईलाई २ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ रोड हाउस क्याफे नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय सागर राजी र २९ वर्षीय धर्मेन्द्र धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो १ सय ग्राम सहित भारत गोपालगंज अम्पुरा घर भएका ६५ वर्षीय गोपाल महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०८-०७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम सहित झापा भद्रपुर नगरपालिका-७ बस्ने २१ वर्षीय ईन्द्र राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा. प्र.०१-००६ ख ५२३७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३ ट्याब्लेट सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने २१ वर्षीय जीवन शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ०१०७  नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०८-०६

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय विकास विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित केराबारी गाउँपालिका-१० बस्ने ३३ वर्षीय अनिश मगर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २८ ट्याब्लेट सहित सुनसरी धरान उपमहानगरपालिका-१५ मिलन चोक बस्ने ३२ वर्षीय सुजन राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  । सुनसरी, रामधुनी नगरपालिका-३ पिप्रा बैठार बस्ने २७ वर्षीय शिव शंकर चौधरी र ३० वर्षीय दुलारे खाँ लाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले दुलारेको घरबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-३ परासी झुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र टालजेसिक २ सय एम्पुल सहित भारत नौतनवा घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले युपि ५६ एएस १७०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०८-०५

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ लालपुर बस्ने २० वर्षीय अमिर अली र कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने २५ वर्षीय सुरेन्द्र विक रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-८ बाबानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम, मोबाइल २ थान र नगद १२ हजार ९ सय १० रूपैयाँ सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-८ ठेगाना भएका ३० वर्षीय रेशम विक, सोही नगरपालिका-८ गोल्छा बस्ने २४ वर्षीय दिपक यादव र २२ वर्षीय केशव नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले रेशमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका बराहक्षेत्र नगरपालिका-९ राजावास बस्ने २२ वर्षीय शिव चन्द्रवंशी र २० वर्षीय अभिषेक चन्द्रवंशीलाई २ ग्राम, भारतबाट नेपालतर्फ आउँदै गरेको को.१४ प १९१७ नम्बरको मोटरसाइकलमा सवार भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने १९ वर्षीय नजाम मन्सुरीलाई  ८ सय ३० मिलिग्राम र प्रदेश.१-०१-०१३ प ७६१५ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय अमित गुरूङ र ४० वर्षीय हुकुम राईलाई १ ग्राम ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०८-०५

कञ्चनपुर, भिमदत्त नगरपालिका-५ बनगाउँ बस्ने ७७ वर्षीय पिउठ बोहरालाई अवैध लागूऔषध चरेश २ किलोग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा ७ सय ५० ग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय उदिम राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।