अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८१-०८-१३
- A
- A-
- A+
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख गुरास गाउँपालिका-७ बस्ने २२ वर्षीय बखत बहादुर विक र चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ बस्ने ३६ वर्षीय लोकेन्द्र थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, जहदा गाउँपालिका-१ बस्ने ५० वर्षीया मिरादेवी बैठालाई अवैध लागूऔषध गाँजा १५ किलोग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका-१२ बस्ने २६ वर्षीया रूकमणी सुनाहा, देवकोट नगरपालिका-२ बस्ने २० वर्षीया रेखा पाल र काभ्रे रोशी गाउँपालिका-१ बस्ने २२ वर्षीय धर्मलाल लामा रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-८ बस्ने २१ वर्षीय संजय राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीलेल भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ काटा गौरीडाँडास्थित सडकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका-६ छाप बजार बस्ने ३३ वर्षीय सबिन कुमार लाखे र सिन्धुली साङ्वाले नगरपालिका-४ बस्ने २४ वर्षीय संजिव पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको साईरनमा जडान गरिएको माईक्रोफोन भित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी चालक सबिन कुमार र एम्बुलेन्समा सवार संजिवलाई पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित जानकी गाउँपालिका-७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-८ सहिदमार्ग बिरानटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थान सहित इलाम चुलाचुली गाउँपालिका-३ बस्ने २८ वर्षीय उपेन्द्र बान्तवालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित गल्छी गाउँपालिका-७ बस्ने ३८ वर्षीय रमेश तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरवाहवातर्फ जाँदै गरेको लु.२ ख ६९९७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।