प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

२०८१-०८-१३

  • A
  • A-
  • A+
Share

भक्तपुर, लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ सिद्धिकाली डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका- ७ घर भएका २७ वर्षीय चेत बहादुर विक, २५ वर्षीया सानु कोईराला विक र दोलखा जिरी घर बताउने १९ वर्षीया माया भन्ने सविता कोईराला विक रहेका   छन् ।

काभ्रेपलाञ्चोक पनौती नगरपालिका-३ घर भई भक्तपुर नगरपालिका-२ महाकाली कुनाटोल डेरा गरी बस्ने ५५ वर्षीया महिलालाई अपरिचित समुहले खाजा खान लैजाने प्रलोभन देखाई सोमबार दिउँसो होटलमा लगी अत्याधिक मादक पदार्थ सेवन गराई अर्धचेत अवस्थामा भक्तपुर नगरपालिका-६ स्थित कार्साङ कुसुन खोलाको छेउमा लगी सुनको गरगहना तथा मोबाइल समेत लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर सिद्धिकालीबाट पक्राउ गरेको हो । 

साथै थप अनुसन्धानको क्रममा लुटपाट गरिएको सुन खरिद गरी स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बाखा बजारस्थित अमनी सुनचाँदी ज्वेलर्सका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका-५ घर भएका ४४ वर्षीय राजिन सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।