हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०८-१३
- A
- A-
- A+
काठमाडौं, विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १८ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँबसपार्क, सोह्रखुट्टे, मालिगाउँ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।