अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८१-०८-१६
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ सिमपानी बस्ने २७ वर्षीय अनिल कुमार थिङ र सोही गाउँपालिका-९ बस्ने ३२ वर्षीय राजेन्द्र मुक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले सिमपानीबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख २३४४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिट भन्दा माथि क्यबिनमा प्लाष्टिकले बेरेर लुकाई छिपाई राखिएको उक्त गाँजा फेला पारी ट्रक चालक अनिल र ट्रकमा सवार राजेन्द्रलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, बाणगंगा नगरपालिका-११ हथौसाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-५ झण्डा बस्ने २९ वर्षीय बिनोद थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
डडेलधुरा, आलिताल गाउँपालिका-१ मेलखर्क बस्ने ६३ वर्षीय अम्बर बहादुर बोहरालाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ सय १८ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम, नगद ३ हजार रूपैयाँ र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने ३५ वर्षीय कमल नेपाली समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-११ झुम्केटारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-९ मकुन्डाँडा बस्ने २० वर्षीय धिरेन्द्र प्रताप बिक र तुलसीपुर उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय बाबुराम चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट शिवपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ९ ग्राम २ सय ६० मिलिग्राम र बाबुरामलाई ६ ग्राम ३ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ स्थित गोस लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय २ ट्याब्लेट, डाइसे ८५ ट्याब्लेट र स्पास्पेन ३ सय ६ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २७ वर्षीय टाईसन राई र सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय लक्ष्मण गौतम रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले टाईसनलाई ट्रामाडोल ९२ ट्याब्लेट र डाइसे ८५ ट्याब्लेट तथा लक्ष्मणलाई ट्रामाडोल ३ सय १० ट्याब्लेट र स्पासपेन ३ सय ६ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१० झापा मार्गटोल बस्ने ३१ वर्षीय बब्लु भन्ने मनु मुर्मुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम, डिजिटल मिनि तराजु १ थान, मोबाइल १ थान र नगद १३ हजार ६ सय ५० सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-९ बस्ने २५ वर्षीय अर्जुन बराईली समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र स्पास्पेन १ सय ३ ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २४ वर्षीय सुजन लिम्बु, ३१ वर्षीय सुमन राई र २७ वर्षीय बिकाश बिकको समेत संलग्नता रहेको खुल्न आएपछि वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई ट्रामाडोल १७ क्याप्सुल र स्पास्पेन १७ क्याप्सुल सहित पक्राउ गरेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१६ चौकीटोल बस्ने ४० वर्षीय अमित रोका मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार १ सय ट्याब्लेट, एनारगन १ हजार १ सय ट्याब्लेट, नगद ४० हजार ६ सय ७० नेपाली रूपैयाँ र १ सय २० भारतीय रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शरणपुर र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली, दुधौली नगरपालिका-१० कोक्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३७ वर्षीय लाल बाबु अधिकारी समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले दुधौलीबाट डकाहातर्फ आउँदै गरेको बा.२६ प ९३७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।