प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक कुँवरबाट वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवनहरू उद्‍घाटन

२०८१-०८-२०

  • A
  • A-
  • A+
Share

कास्की, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा प्रहरी कार्यालय वैदाम कास्की परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पोखरा नेपालकै प्रमुख पर्यटकीय स्थल भएको उल्लेख गर्दै विद्यमान सुरक्षा चुनौतीको सामना गर्न एवम् कानूनको कार्यान्वयनमा नेपाल प्रहरीले नागिरकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी केन्द्रीत हुनुपर्ने बताउँदै शून्य शहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड  ६० लाख ३३ हजार २० रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

उद्‍घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा नवनिर्मित भवनहरू उद्‌घाटन
२०८१-११-२६

रौतहट, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिएको विश्वास व्यक्त गर्दै सुविधा सम्पन्न भौतिक संरचना निर्माणले प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुनुका साथै प्रहरीबाट प्रवाह हुने सेवाको गुणस्तर थप प्रभावकारी हुने बताउनुभयो । कानुन विपरीत गतिविधि नियन्त्रण गरी समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीको एकल प्रयासले मात्र नभई स्थानीय नागरिकहरूसँगको उचित समन्वय र सहकार्यमा मात्र सम्भव हुने उल्लेख गर्दै स्थानीय नागरिकहरूबाट जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्नमा नेपाल प्रहरीलाई पूर्णरूपमा साथ एवम् सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गौर नगरपालिकाका प्रमुख शम्भु साह र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रहरी उपरीक्षक ई. इश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १७ करोड ६४ लाख २७ हजार ६ सय २८ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन
२०८१-११-२३

काठमाडौं, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडालाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हार्दिक स्वागत गर्नुभयो ।  भ्रमणका क्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै सो सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।  निरीक्षण तथा अवलोकन भ्रमण पश्चात आयोजित कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिका अत्यन्तै सराहनीय रहेको चर्चा गर्दै आगामी दिनमा पनि प्रहरीको सेवा प्रवाहको स्तरलाई गुणस्तरीय बनाउँदै लैजान राज्य व्यवस्था तथा सुशासन समितिले गर्नुपर्ने सहयोगको लागि सदैव तयार रहेको बताउनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले प्रहरी विधेयक संशोधनको लागि सबै सरोकारवाला पक्षसँग समन्वय गरी यसलाई अझ जनतामैत्री एवम् प्रहरीमैत्री बनाउनका लागि वृहत रूपमा छलफल गरेर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि राज्य व्यवस्था तथा सुशासन समितिबाट सदैव सकारात्मक सहयोग र समन्वय हुने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही कार्यसम्पादन गर्दै आएको बताउनुभयो । आगामी दिनमा उत्पन्न हुन सक्ने चुनौतीहरूको सामना गर्न र नागरिकलाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिवद्ध रहेको उहाँले   बताउनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले विश्वमै चुनौतीका रूपमा देखा परेका अपराधका नयाँ प्रवृत्तिको पहिचान गर्दै त्यसलाई निस्तेज गर्न नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारका साथै अन्तर्राष्ट्रिय प्रहरी निकायको समन्वयलाई समेत प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गर्नुभयो । साथै नवीनतम् चुनौतीको रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, साइबर अपराध एवम् विद्युतीय अपराध, अवैध हातहतियार ओसार पसार र आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध रहेको उहाँले बताउनुभयो । नेपाल प्रहरीको संस्थागत विकास, यसमा आवद्ध प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबल वृद्धि र समग्र संगठनको वृहत्तर हितका लागि राज्य व्यवस्था तथा सुशासन समितिबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, भावी योजना र अपेक्षा तथा समसामयिक विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राज्य व्यवस्था तथा सुशासन समितिका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 

१५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-११-२२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ फागुन २१ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रलाय (सचिवस्तर) को २०८१ फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १३ जना गरी जम्मा १५ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. बिदुर प्रसाद आचार्य तथा प्राविधिक प्रहरी निरीक्षकहरू चन्द्रकला शर्मा सुवेदी, सगुन लोहला, उमेश कुमार चौधरी, राजकुमार श्रेष्ठ, बुद्धिमान दोङ (तामाङ), श्याम बहादुर बलायर, हरि बहादुर थापा, अशोक कुमार गुप्ता, नारायण कुमार योगी, काजीमान लामा, कुबेर न्यौपाने, लोकेन्द्र सिंह धामी र सन्तोष थापा मगर रहनुभएको छ ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नति व्यक्तिगत एवम् व्यावसायिक जीवनको महत्वपूर्ण पक्ष भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको लक्ष्य र हित अनुरूप वहन गरी उत्कृष्ट कार्यसम्पदान गर्न उहाँले निर्दशन दिनुभयो । संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्राविधिक सेवा समूहको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रविधिको प्रयोग गर्दै व्यवस्थित, प्रभावकारी एवम् गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड   दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले प्राप्त जिम्मेवारीलाई संगठनको उद्देश्य अनुरूप दत्तचित्त, लगनशील एवम् अनुशासित भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UN Police Commissioner बीच शिष्टाचार भेटघाट
२०८१-११-२१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahkar तथा Selection and Recruitment Section Chief Ata Yenigun बीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरूबीच आपसी सहयोग, सूचना आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो । सो अवसरमा युएन प्रतिनिधि मण्डलको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   कार्यक्रममा United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahakar तथा Selection and Recruitment Section Chief Ata Yenigun ले सहभागीहरूबाट उठेका जिज्ञासाहरूको निरूपण गर्दै संयुक्त राष्ट्र संघीय मिसनमा नेपाल प्रहरीको सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । युएन प्रतिनिधि मण्डलको टोली ४ दिने भ्रमणका सिलसिलामा बुधबार नेपाल आउनु भएको हो । उहाँहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभएको थियो ।भ्रमणको क्रममा युएन प्रतिनिधि मण्डलको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । विशेषत उहाँहरू नेपाल प्रहरीको तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनुहुनेछ ।

ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरीको संयुक्त ब्याण्ड कन्सर्ट कार्यक्रम सम्पन्न
२०८१-११-१८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लबमा आइतबार संयुक्त ब्याण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।   सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी उपरीक्षक भुला राज खनाल समेतको टोली र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट क्याप्टेन Esther Hayes समेतको टोलीद्वारा विभिन्न सुमधुर धुन प्रस्तुत गरिएको थियो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवर र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट क्याप्टेन Esther Hayes बीच कृतज्ञताको चिनो आदानप्रदान भएको थियो ।  वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय ब्याण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रूपमा यी दुवै ब्याण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न
२०८१-११-१७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गर्नुभयो । साथै उहाँले रेफ्री, जुरी लगायत विभिन्न भुमिकामा प्राविधिक सहयोग गर्नुहुने महानुभावहरूलाई मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विजयी खेलाडीलाई बधाई दिँदै उपविजेता तथा सहभागी सम्पूर्ण खेलाडीहरूबाट प्रदर्शित खेल कौशलको कदर गर्नुका साथै खेलाडीहरूको उज्वल भबिष्यको कामना समेत गर्नुभयो । खेलकुदले विद्यार्थीहरूमा रहेको प्रतिभाहरूलाई प्रस्तुत गरी समग्र व्यक्तित्व विकासमा पढाईका साथसाथै अतिरिक्त क्रियाकलापहरू समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रतियोगितामा खेलाडीहरूले देखाएका सक्रिय सहभागीता, प्रयास र लगनशीलताको उच्च प्रशंसा गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले कुनै पनि खेललाई हारजितको रूपमा मात्र हेर्नु भन्दा यसलाई सिकाई र अनुभवको माध्यमका रूपमा हेरी स्व:मुल्याङ्कन गर्दै आगामी दिनका लागि आफूलाई तयारी गर्ने मौकाको रूपमा समेत हेर्नुपर्ने बताउनुभयो । खेलले अनुशासन, समयको सही सदुपयोग तथा व्यवस्थापन, तीव्र निर्णय क्षमता, आइपर्ने चुनौतिलाई कसरी सामना गर्न सकिन्छ भन्ने शिक्षा प्रदान गर्ने हुँदा त्यसलाई आफ्नो व्यक्तिगत जिवनशैलीको रूपमा समेत लागु गर्नेतर्फ चिन्तनशील हुन सम्पूर्ण खेलाडीहरूलाई उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले आजको युग विज्ञान र प्रविधिको युग भएको चर्चा गर्दै शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक र व्यावसायिक बनाउँदै विद्यार्थीहरूको बौद्धिक एवम् व्यावसायिक विकासमा विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरूको चौतर्फी विकासको लागि विद्यालय, अभिभावक वर्ग र समाजको समेत जिम्मेवारी हुने हुँदा यो विषय सबैको प्राथमिकता हुनुपर्ने र यसका लागि हरतरहको भूमिकामा नेपाल प्रहरीको साथ र सहयोग रहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।   कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रतियोगितालाई सफल बनाउनको लागि सहयोग पुर्‍याउनुहुने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा विद्यालयका संरक्षक एवम् काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले संयुक्त रूपमा एनपिएस तेक्वान्दो डोजाङका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य रामप्रसाद भुसालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४७ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको थियो ।