प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८१-०८-२१

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ हिमाल टोल बस्ने गोबिन्द आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय तुलसीराम आचार्य समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार १ सय ६५ रूपैयाँ, ३ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार