अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८१-०८-२६
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-६ बस्ने १९ वर्षीय अरूण मण्डललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर १४ ग्राम १ सय ३० मिलिग्राम र चरेश १ ग्राम ५ सय ७० मिलिग्राम सहित नुवाकोट बिदुर नगरपालिका-१० बस्ने २६ वर्षीय बिकाश घिमिरेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पाँचथर, फिदिम नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-५ चोक्मागु बस्ने ३५ वर्षीय चन्द्र तुम्बापो समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।