अवैध लागूऔषध सहित पक्राउ
२०८१-०८-२७
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-१ धनगढीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ बस्ने १९ वर्षीय अर्जुन खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।