श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०८-२८
- A
- A-
- A+
सुनसरी, आफ्नै श्रीमती २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका-६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।