दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०८-२८
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार घर भई ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने ४६ वर्षीय मन्जित चित्रकारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
मन्जितले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।