वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-०२
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा पाख्रिवास नगरपालिका-८ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीय मिसन गुरूङ रहेका छन् ।
पक्राउ मध्ये पूर्ण बहादुरले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख रूपैयाँ र मिसनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।