अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८१-०९-०६
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित चुरे गाउँपालिका-५ बस्ने २४ वर्षीय यज्ञ प्रसाद कँडेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय नरेन्द्र बिष्टलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, सम्सी गाउँपालिका-१ स्थित मर्धटोल जाने बाटोबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पर्सादेवाडबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२ धारापानी बस्ने २१ वर्षीय अतित थापा मगरलाई नियन्त्रित लागूऔषध फेनारगन ५ पिस तथा ५ एम्पुल, ब्रुफिन ५ पिस र ३ सय ग्राम गाँजाको धुलो सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुल बस्ने २६ वर्षीय महेश राई र उनकै भाइ २३ वर्षीय मनिस राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० हजार क्याप्सुल सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले महेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-५ अमहा-सिमसारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५८ पिस, स्पास्पेन ५८ पिस र स्पासरेस्ट १ सय पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-७ बस्ने २१ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय सन्दिप चौधरी रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले सुनसरी पुलबाट अमहा सिमसारतर्फ जाँदै गरेको को.१० प १२४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलो बस्ती बस्ने ३२ वर्षीय रूबिन खड्का र २२ वर्षीय साहिल मगरलाई नियन्त्रित लागूऔषध सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले रूबिनलाई ट्रामाडोल १ सय २० क्याप्सुल र स्पास्पेन १ सय २० ट्याब्लेट तथा साहिललाई ट्रामाडोल ८० क्याप्सुल र स्पास्पेन ७० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, देवानगंज गाउँपालिका-७ बाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंग गाउँपालिका-२ बस्ने २४ वर्षीय अवास अंसारी र २६ वर्षीय रिजुवान अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले बिआर ८० एबि ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-१ चाईनाक्वाटर बस्ने २७ वर्षीय सनिप भोम्जन र सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय बिशाल क्षेत्री रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको ना.३५ प ५८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ मकालु होटल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८९ ट्याब्लेट र नाईट्राजेपाम ८ ट्याब्लेट सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला बस्ने २२ वर्षीय अजिब ध्वोज खत्री, २३ वर्षीय दिपेन्द्र खत्री र बाँके राप्ती सोनारी गाउँपालिका-६ अगैया बस्ने २३ वर्षीय रमेश थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पेशकर खटिक र सोही उपमहानगरपालिका-४ बसपार्क बस्ने ३० वर्षीय सुरेन्द्र लामा रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।