प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

२०८१-०९-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-८ बस्ने २९ वर्षीय जितेन्द्र रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०९-०९

सर्लाही, पर्सा गाउँपालिका-३ बाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित ईश्वरपुर नगरपालिका-३ बस्ने २३ वर्षीय बिजय महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीलाई  देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलका चालकले मोटरसाइकलमा सवार बिजयलाई झोला सहित छोडी फरार भएपश्चात प्रहरीले झोलाबाट उक्त गाँजा फेला पारी बिजयलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ बस्ने २५ वर्षीय हेमराज परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कपिलवस्तु, बाणगंगा नगरपालिका-११ ओदारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका-७ बनगाई बस्ने २१ वर्षीय सन्तोष थापा र पाल्पा तिनाउ गाउँपालिका-३ बस्ने ३० वर्षीय बिशाल कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ आउँदै गरेको लु.९७ प ११४ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बिशाल र मोटरसाइकलमा सवार सन्तोषलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-५ लवली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष बमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।रूपन्देही, सैनामैना नगरपालिका-८ बाँसगदीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण थारू र २७ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लु.८३ प ७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०९-०८

काठमाडौं, चन्द्रागिरी नगरपालिका ४ शिलाफलबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ६५ ट्याबलेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय दिपक खड्गीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ शर्मा टोल बस्ने २५ वर्षीय देव शर्मा समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-८ बाघमाराबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र स्टागन २० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-१३ बस्ने ३२ वर्षीय शरण राज अधिकारी र सोही नगरपालिका-५ बस्ने २७ वर्षीय सबिन सापकोटा रहेका    छन् । अस्थायी प्रहरी पोष्ट मैनाहबाट खटिएको प्रहरीले बा.प्र.०३-००२ प ६३१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शरण र पछाडि सवार सबिनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१४ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ बस्ने झापा बिर्तामोड नगरपालिका-१ घर भएकी २२ वर्षीया पुजा मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, धनपालथान गाउँपालिका-४ ललियाधारस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २५ ग्राम सहित सोही गाउँपालिका-३ सोह्रभाग बस्ने ३५ वर्षीय दिपेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ  । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा प्रहरीले उनको घर तलासी गर्दा थप ३५ ग्राम १ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी बरामद गरेको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-११ बस्ने ४२ वर्षीया उषा लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र स्पास्पेन ६ सय ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१६ अन्नपूर्णचोकस्थित उनको चियापसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ भैस्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय अकवल अलिलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०९-०७

कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५० ग्राम सहित धादिङ गल्छी नगरपालिका-७ बैरेनी बस्ने ५० वर्षीय रण बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ४१५४ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  जुम्ला, तातोपानी गाउँपालिका-६ धौलापानी नजिकै सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुरेन्द्र डाँगी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-२ बस्ने इलाम माङ्सेबुङ गाउँपालिका-४ माचेबुङ ठेगाना भएका २४ वर्षीय रोदन लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ कालिखोला सरस्वती टोल बस्ने ४१ वर्षीय रूपेश पाख्रिनलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम र नगद १२ हजार ३ सय ११ रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका सोही ठाउँ बस्ने ३२ वर्षीय डिक बहादुर मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी झापा, बुद्धशान्ति गाँउपालिका-३ धिमाल टोल बस्ने २९ वर्षीया दुर्गा धिमाललाई अवैध लागूऔषध गाँजा ४ किलोग्राम, २ हजार ३ सय ६० भारतीय रूपैयाँ, ३ लाख ६ हजार ८ सय ७० नेपाली रूपैयाँ, तराजु १ थान र मोबाइल १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, बाणगंगा नगरपालिका-७ मोतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-९ चौवाँ बस्ने २५ वर्षीय मौसम गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका-९ निगाली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-११ जहदी बस्ने २९ वर्षीय जलन्धर केवटलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ लाख ५१ हजार ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोल सहित एक जना पक्राउ
२०८१-०९-०७

पर्सा, वीरगंज महानगरपालिका-३ प्रगतिनगर टोलस्थित श्रृष्टी किराना जेनरल स्टोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ५१ हजार ८ सय ६० ट्याब्लेट सहित स्टोरका संचालक सोही महानगरपालिका-१ बस्ने ३८ वर्षीय राजाराम महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा अवैध लागूऔषध खरिद विक्री तथा अनाधिकृत रूपमा भण्डारण समेत भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छप्कैया र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेक्वा चिनीमिल पर्साबाट खटिएको संयुक्त टोलीले स्टोर तलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारी राजारामलाई पक्राउ गरेको हो । उनी विरूद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८१-०९-०६

   कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित चुरे गाउँपालिका-५ बस्ने २४ वर्षीय यज्ञ प्रसाद कँडेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय नरेन्द्र बिष्टलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, सम्सी गाउँपालिका-१ स्थित मर्धटोल जाने बाटोबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पर्सादेवाडबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२ धारापानी बस्ने २१ वर्षीय अतित थापा मगरलाई नियन्त्रित लागूऔषध फेनारगन ५ पिस तथा ५ एम्पुल, ब्रुफिन ५ पिस र ३ सय ग्राम गाँजाको धुलो सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुल बस्ने २६ वर्षीय महेश राई र उनकै भाइ २३ वर्षीय मनिस राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० हजार क्याप्सुल सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले महेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-५ अमहा-सिमसारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५८ पिस, स्पास्पेन ५८ पिस र स्पासरेस्ट १ सय पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-७ बस्ने २१ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय सन्दिप चौधरी रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले सुनसरी पुलबाट अमहा सिमसारतर्फ जाँदै गरेको को.१० प १२४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलो बस्ती बस्ने ३२ वर्षीय रूबिन खड्का र २२ वर्षीय साहिल मगरलाई नियन्त्रित लागूऔषध सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले रूबिनलाई ट्रामाडोल १ सय २० क्याप्सुल र स्पास्पेन १ सय २० ट्याब्लेट तथा साहिललाई ट्रामाडोल ८० क्याप्सुल र स्पास्पेन ७० ट्याब्लेट सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, देवानगंज गाउँपालिका-७ बाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंग गाउँपालिका-२ बस्ने २४ वर्षीय अवास अंसारी र २६ वर्षीय रिजुवान अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले बिआर ८० एबि ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-१ चाईनाक्वाटर बस्ने २७ वर्षीय सनिप भोम्जन र सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय बिशाल क्षेत्री रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको ना.३५ प ५८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ मकालु होटल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८९ ट्याब्लेट र नाईट्राजेपाम ८ ट्याब्लेट सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला बस्ने २२ वर्षीय अजिब ध्वोज खत्री, २३ वर्षीय दिपेन्द्र खत्री र बाँके राप्ती सोनारी गाउँपालिका-६ अगैया बस्ने २३ वर्षीय रमेश थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय पेशकर खटिक र सोही उपमहानगरपालिका-४ बसपार्क बस्ने ३० वर्षीय सुरेन्द्र लामा रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०९-०५

  कपिलवस्तु, मायादेवी गाउँपालिका-४ सिमानाको मेन गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका-८ मधुबन बस्ने ३३ वर्षीय केशब बलाल र २८ वर्षीय अर्जुन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.१७ प १६३० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-७ स्थित माँ भगवती बेकरी एण्ड स्विट हाउस अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३ ग्राम १ सय ९० मिलिग्राम सहित बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर बस्ने ३५ वर्षीय सुरेश कुमार महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले प्रदेश २ -०१-००१ प ४८६ नम्बरको मोटरसाइकलका चालक महतोलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २७ मिलिग्राम सहित खजुरा गाउँपालिका-७ बस्ने २८ वर्षीय सवनम खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँके र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुर नवदुर्गा मार्ग बस्ने प्रमानन्द भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ७० ग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भट्टले संचालन गरेको किराना पसलमा लागूऔषधको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले भट्टको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै भट्टको पसलबाट लागूऔषध खरिद गर्ने भिमदत्त नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ संचयकोष कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-४ बस्ने बैतडी घर भएका २५ वर्षीय हेमन्त कार्की र धनगढी उपमहानगरपालिका-२ बस्ने बझाङ घर भएका २० वर्षीय पारस रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले हेमन्तलाई १ सय ३० मिलिग्राम र पारसलाई १ सय ९० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-७ बस्ने ३० वर्षीय सुनिल चौलागाईं र झापा गाउँपालिका-४ बस्ने २७ वर्षीय मोहमद अब्दुल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२० प ९१६१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।