जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८१-०९-०९
- A
- A-
- A+
कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैया बस्ने बिक्रम बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय हर्क बहादुर साउद समेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ४ सय २२ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।