आफ्नै बुबा र भाइको हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०९-१०
- A
- A-
- A+
भक्तपुर, आफ्नै बुबा ५६ वर्षीय कुल प्रसाद आचार्य र भाइ २२ वर्षीय प्रबिन आचार्यको हत्या गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा बस्ने खोटाङ रूपाकोट मझुवागढी नगरपालिका-१ घर भएका २६ वर्षीय मिलन आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
कुल प्रसाद र उनकै कान्छो छोरा प्रबिन छुट्टाछुटै २ वटा कोठामा सोमबार मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा वारदात मितिबाटै फरार रहेका घटनामा संलग्न कुल प्रसादको जेठा छोरा मिलनलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ महाराजगंज भाटभटेनीबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।