प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

२०८१-०९-१०

  • A
  • A-
  • A+
Share

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ भुमहीस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र ब्रुप्रेनोर्फिन १७ एम्पुल सहित दाङ घोराही उपमहानगरपालिका-१५ भृकुटीनगर बस्ने १९ वर्षीय शौरव वलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट भुमहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय श्रवण चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, भजनी नगरपालिका-३ सरदार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित जानकी गाउँपालिका-४ मुनुवा बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २२ वर्षीय गोपाल श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ४३८८ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१ कस्केरी बस्ने ४१ वर्षीय आन्नद साहीलाई नियन्त्रित लागूऔषध फेनारगन ४४ एम्पुल, डाइजेपाम ४८ एम्पुल, ब्रुप्रेनोर्फिन ४१ एम्पुल र ३ सय ग्राम गाँजाको धुलो सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३७ वर्षीय अर्जुन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित दैलेख दुल्लु नगरपालिका-९ छिउडी पुसाकोट छुब्ला बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०३-१९

उदयपुर, त्रियुगा नगरपालिका-१ फूलजोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४ ट्याब्लेट सहित सोही नगरपालिका-१३ असारी बस्ने २२ वर्षीय सुंगम राई समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले धरानबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९९४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ शिखरपानी र सोही उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ७० ट्याब्लेट सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-१४ पदमपोखरी बस्ने ४० वर्षीय सोम स्याङ्तान, सोही उपमहानगरपालिका-१५ शिखरपानी बस्ने २४ वर्षीय महेश तामाङ र मकवानपुर भिमफेदी घर भई हेटौंडा उपमहानगरपालिका-९ प्रगति चोक बस्ने २७ वर्षीय कैलाश थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान स्कुटर र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी मकवानपुर, कैलाश गाउँपालिका-९ बस्ने ५५  वर्षीय अर्जुन रूम्बालाई अवैध लागूऔषध गाँजा करिब १ सय ६८ किलो ३० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको गोठमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ जिल्ला सामुदायिक भवनको एरियास्थित सार्वजनिक पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४  मलसरवा बस्ने २५ वर्षीया बबिता कुर्मी र सोही नगरपालिका-१ आनन्दबाग बस्ने ४९ वर्षीय बिक्रम सिंह थापा रहेका छन् । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-३ बस्ने २६ वर्षीय सन्जु आलेलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  १० ग्राम ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सर्लाही, बलरा नगरपालिका-८ गडहिया चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ५ सय ग्राम सहित भारत सितामढी ग्राम नरहा बस्ने २१ वर्षीय रंजेश कुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एस ९६८० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक रंजेशलाई पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-७ दिपनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, सेरिज्याक ७ एम्पुल र आईपिपिएल ७ एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय आकाश गौतम र सोही ठाउँ डेरा गरी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका- ८ घर भएका २६ वर्षीय लाल बहादुर लुङछे रहेका छन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले आकाशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धलेख गाउँपालिका-१ बस्ने २६ वर्षीय रोसन भट्ट र निलकण्ठ नगरपालिका-७ बस्ने ३० वर्षीय प्रकास पोखरेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ समेतबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना.७ ख ४७४८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०३-१९

कास्की, माछापुच्छ्रे गाउँपालिका-८ लुम्रे पुलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने म्याग्दी घर भएका २१ वर्षीय योगेश रोका समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरीले लु.प्र.०१-००६ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४ सय  मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय सिशिर भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने ३० वर्षीय युबराज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको स.२ प ८२११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो ३० ग्राम सहित भारतीय नागरिक ३१ वर्षीय MUHAMMED ISSA KAKKIRICHAL PUTHIYYAPURAYIL मंगलबार दिउँसो पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई लायोन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका MUHAMMED ISSA KAKKIRICHAL PUTHIYYAPURAYIL लाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको  हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र आईपीपिएल १ सय एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ फुलबारी मार्ग बस्ने ३४ वर्षीय हरिवोल खड्का र काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने गोरखा घर भएका ३० वर्षीय राजन लामा रहेका छन् । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट  नगद ५२ हजार १ सय ९० रूपैयाँ, २ थान मोबाइल र उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५६ प ५६५० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-६ बस्ने ३७ वर्षीय महमद मुस्लिम र २२ वर्षीय सद्दाम सेख रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ५३७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय युवराज दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-००२ ह ६५०० नम्बरको सिटि रिक्सालाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दर्जीलाई पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ जुनेलि बस्ने २९ वर्षीय दिपक सम्बाहाम्फेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ भुजेल टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र डाईजेपाम ६० एम्पुल सहित सोही ठाउँ बस्ने २० वर्षीय मनिष तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-१७ पिपरहीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१७ भरौलिया बस्ने २७ वर्षीय करन प्रसाद थारू र २५ वर्षीय कपिल देव थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले लु.४९ प ४०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ८० ट्याब्लेट सहित बारा पचरौता नगरपालिका-३ घर भएका १९ वर्षीय मुकेश कुमार पटेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८६३१ नम्बरको माइक्रोबसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।भक्तपुर, थिमी नगरपालिका-१ लोकन्थली आँखा अस्पताल नजिकबाट नियन्त्रित लागूऔषध स्पास्पेन ५० ट्याब्लेट र प्रेगाबालिन ९९ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने झापा शिवसताक्षी नगरपालिका-१ घर भएका २७ वर्षीय अनिल कुमार ठाकुर र उदयपुर कटारी नगरपालिका-७ घर भएका २५ वर्षीय कुमार राई रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ
२०८२-०३-१७

मकवानपुर, कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरि बहादुर, बद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो  ।  प्रहरीले हाल फरार गोकर्ण, मान बहादुर र सोमलालको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।