बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०९-१५
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दोलखा तामाकोशी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१५ चमती बस्ने २८ वर्षीय राम बिक्रम खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुर र जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसनधान तथा कारवाहीको लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ ।