स्रोत नखुलेको रकम सहित पक्राउ
२०७८-०९-२४
- A
- A-
- A+
कपिलवस्तु, कपिलबस्तु नगरपालिका-९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिकलाई स्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार ४० भारतीय रुपैयाँ सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद र विभिन्न कम्पनीका १६ थान मोबाइल फोन फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।