कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्ष पछि पक्राउ
२०८१-०९-२०
- A
- A-
- A+
रौतहट,कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कटहरिया नगरपालिका-१ बस्ने ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्ष पछि बिहीबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै भाईबुहारी २२ वर्षीया शारदा देवीको २०६५ पुस २४ गते हत्या गरी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत रौतहटबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।