प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२०८१-०९-२२

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागूऔषध स्पास्पेन ३ सय ट्याब्लेट र ट्रामाडोल ३ सय ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका-१२ बस्ने २२ वर्षीय दिपसन राई समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र आईपीपीएल १ सय ५० एम्पुल सहित नवलपरासी पश्चिम पाल्दिनन्दन गाउँपालिका-३ बेलपुर बस्ने २१ वर्षीय अनिल प्रसाद गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना.६ ख ५४२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

धनकुटा, छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ९० ग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तेह्रथुम, लालीगुराँस नगरपालिका-२ बसन्तपुर बस्ने ३२ वर्षीय विकाश श्रेष्ठ, मेन्छयायेम गाउँपालिका-६ थाम्वेन बस्ने २६ वर्षीय राजिव सम्वहाम्फे, धनकुटा, धनकुटा नगरपालिका-१ हिले सिरान बस्ने २५ वर्षीय केवल तामाङ र २८ वर्षीय सुजन तामाङ रहेका छन् । प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको को.२६ प ९२९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार विकाश र राजिवलाई करिब २ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ केवल र सुजनबाट खरिद गरेको खुल्न आएपछि प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले केवल र सुजनलाई समेत करिब ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बारा, पचरौता नगरपालिका-४ इनर्वाटोलबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही टोल बस्ने ४७ वर्षीय राम सेवक प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पिपरपातीबाट ‍खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा,  दमक नगरपालिका-६ पूर्व बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ९० ट्याब्लेट र ट्रमानिल २ सय ९० ट्याब्लेट सहित दमक नगरपालिका-८ बस्ने २२ वर्षीय नरेश खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८३ ट्याब्लेट र डिभोक्सिन २४ ट्याब्लेट  सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-७ रमौली बस्ने २५ वर्षीय बिजय घिसिङ, सोही नगरपालिका-६ लोथर बस्ने २७ वर्षीय कुल बहादुर थिङ र चितवन राप्ती नगरपालिका-१ बस्ने २६ वर्षीय राजेश थापामगर रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २० वर्षीय सुवाष थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८१-०९-२४

झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-४ रवि बस्ने ३१ वर्षीय दिल प्रसाद राई र २९ वर्षीया स्मारिका नेम्बाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगञ्ज महानगरपालिका-२० हरपतगञ्जबाट अवैध लागूऔषध गाँजा ५० किलोग्राम सहित बहुदरमाई नगरपालिका-१ विश्रामपुर बस्ने ४० वर्षीय पारस यादव समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको छ ।   कैलाली, धनगढी उपमहानगरपालिका-१ बसन्तटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोरे सुनारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०९-२३

धादिङ, धुनीवेशी नगरपालिका-३ दमाहाढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ३५ ग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीय ज्ञान बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिवनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ झलारी बस्ने २१ वर्षीय भुवन रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-२ आनन्दनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका २३ वर्षीय किशोर कुमार पाण्डे क्षेत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८१-०९-२३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित मोरङ बेलबारी नगरपालिका-११ बस्ने २५ वर्षीय संगम निरौलालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले इलामबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-००१ ख ४४८६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-२ हुनैनाथ टोल बस्ने ३९ वर्षीय सुन्दर सिंह साउँदलाई अवैध लागूऔषध चरेश ६० ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो । सिराहा, धनगढीमाइ नगरपालिका-१४ सर्रे खोलाबाट अवैध लागूऔषध गाँजा करिब ५९ किलोग्राम सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-८ अहाले टोल बस्ने २६ वर्षीय मधु लाल थापा मगर, २७ वर्षीय निर बहादुर गुरूङ, नविन राना र धनगढीमाइ नगरपालिका-१४ गागन टोल बस्ने ४४ वर्षीय शेर बहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय लहान र अस्थायी प्रहरी पोष्ट पक्कीटोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शहिदभुमि गाउँपालिका-७ बस्ने ३९ वर्षीय निकेन्द्र राई र उनकै श्रीमती ३० वर्षीया निशा राई रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.३३ प ९३०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०९-२१

बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ गाभर बस्ने १९ वर्षीय सन्देश साही र सोही गाउँपालिका-३ पितमारि बस्ने २२ वर्षीय प्रकाश बिक रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    मकवानपुर, मनहरी गाउँपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-३ पलासे बस्ने २२ वर्षीय सुदिप तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  रूकुम पूर्व, भूमे गाउँपालिका-७ गुनामबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ५ किलोग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा थवाङ गाउँपालिका-३ उँवा बस्ने ४६ वर्षीया रमिला बुढा र ५० वर्षीया जसमाया बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका-४ साधुटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय धनराज लिम्बु, २६ वर्षीय रोहित नेम्बाङ र २३ वर्षीय राजेश नेम्बाङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा धनराजसँग लागूऔषध खरिद गर्न आएका शिवसताक्षी नगरपालिका-१ बस्ने ३३ वर्षीय सुरेश निरौलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी झापा, मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ९ हजार ७ सय ४५ रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २३ वर्षीय ईशाक राई र सोही नगरपालिका-१३ बस्ने ३० वर्षीय सुनिल नगरकोटी रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ६० मिलिग्राम सहित जानकी गाउँपालिका-९ पूर्व खैरीफाँटा बस्ने २० वर्षीय निरज जैसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  बारा, निजगढ नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित चितवन राप्ती नगरपालिका-१२ बस्ने ३६ वर्षीय भिम बहादुर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना. ३९ प १२६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०९-२१

        काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-२ बस्ने ३० वर्षीय सुन्दर यादव र ३१ वर्षीय बिजय यादव रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००१ ख ४५५८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ तेघरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित बैतडी पुर्चौडी नगरपालिका-२ बस्ने ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८१-०९-२०

  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ७० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-१ बस्ने ३३ वर्षीय बाबुराम खवासलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, बुढीगंगा गाउँपालिका-३ मुडेरी रमाईलो टोलबाट अवैध लागूऔषध गाँजा करिब २९ किलोग्राम, नगद ७३ हजार ५ सय ६० रूपैयाँ र मोबाइल ४ थान सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-७ बस्ने ३० वर्षीय मोहन राई, सुनसरी दुहबी नगरपालिका-६ बस्ने २१ वर्षीय बिशाल कुमार पासवान र भारत अररिया-१२ बस्ने १९ वर्षीय मुन्ना कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ कसियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१७ बस्ने १९ वर्षीय परिक्षित यादव र २२ वर्षीय बिरू तेली रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।   कैलाली, धनगढी उपमहानगरपालिका-१० घुइयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ करिब ८ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने २५ वर्षीय प्रभुपन राना समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ५६२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टिकापुर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ राजीपुर बस्ने २३ वर्षीय विक्रम बुढा र १९ वर्षीय मिलन टमाटा रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम १ सय ८० मिलिग्राम सहित कन्चनपुर कृष्णपुर नगरपालिका-७ बस्ने ३४ वर्षीय मोहन रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से. ४ प ६८५९ नम्बरको मोटरसाइकमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय बाहाली राना र सोही उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय दिपक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश लागूऔषध नियन्त्रण व्यूरो धनगढी  शाखाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको सु.प.प्र.०१-०११ प ६५३८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ केदार टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६९ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने बैतडी पाटन नगरपालिका-८ घर भएका ४० वर्षीय खेमराज महरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ झोलुङ्गेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका-९ बस्ने २४ वर्षीय प्रदिप राना र ३० वर्षीय अनिल राना रहेका छन् । सुदूरपश्चिम प्रदेश लागूऔषध नियन्त्रण व्यूरो धनगढी शाखा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ खैरभट्टीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय कैलाश लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट सालघारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-१८ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ पिस र स्पासपेन १ सय ५५ पिस सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने २७ वर्षीय रक्की राई र २० वर्षीया निरू राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब ७ सय मिलिग्राम र गाँजा करिब २२ ग्राम सहित रूपन्देही देवदह नगरपालिका-४ बस्ने २६ वर्षीय बिजय थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले लु. ६७ प २१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।