प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगी कार्यमा संलग्न दुई जना पक्राउ

२०८१-०९-२३

  • A
  • A-
  • A+
Share

कास्की, ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अछाम घर भई कास्की पोखरा महानगरपालिका-६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र कास्की पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्री रहेका छन् ।  

पोखरा राईडर्स क्लबको आयोजनामा २०८० चैत २३ र २४ गते संचालित ‘पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४’ खेलमा प्रथम हुने खेलाडीलाई दिने भनि घोषणा गरेको १ लाख ५० हजार रूपैयाँ नदिई सम्पर्कबिहिन भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले खेल संचालक तथा निर्देशक जगत र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिकलाई पक्राउ गरेको हो । 

उनीहरूलाई ‍ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-६ घर भएका २३ वर्षीय सुनिल कुमार सोनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुनिलले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका ४७ वर्षीय विष्णु बहादुर भण्डारी र काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका ३८ वर्षीय प्रेम बहादुर विक रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा ११ लाख रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भई फरार रहेका विष्णु बहादुरलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट शुक्रबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये विष्णु बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने प्रेम बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँके पठाइएको छ ।

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०३-१३

मोरङ, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बेलवारी नगरपालिका-६ बस्ने ३७ वर्षीय किसन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि सडक किनारमा पार्किङ गरी राखेको को.३९ प ४१५० नम्बरको मोटरसाइकल गत जेठ २८ गते चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कटहरी गाउँपालिका-१ स्थित उक्त मोटरसाइकल चलाउँदै गरेको अवस्थामा फेला पारी किसनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।