अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८१-०९-२६
- A
- A-
- A+
झापा, शिवसताक्षी नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५० मिलिग्राम सहित दमक नगरपालिका-४ फुलबारी टोल बस्ने २६ वर्षीय सरूप राई र ३२ वर्षीया आरती मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीय शंकर रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका-१ अत्तरिया बस्ने सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१४ घर भएका ३० वर्षीय अवतार हुसेन मातरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीय राज कुमार राना र सोही उपमहानगरपालिका-८ बस्ने ४२ वर्षीय भक्त रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले राज कुमारलाई ९० मिलिग्राम र भक्तलाई २ ग्राम २ सय ३० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सन्तोष रानालाई गए राति प्रहरीले पक्राउ गरेको छ । सो स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-८ भण्टाबारी तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय मिलिग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ बस्ने २६ वर्षीय रंजित माझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२-०३-०१५ प ७४१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ जोरसखुवा चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ हजार क्याप्सुल, ट्रामानिल ९ सय क्याप्सुल र ट्रामाडोल १ सय क्याप्सुल सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुमित भुजेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ सिद्धार्थ मार्गबाट नियन्त्रित लागूऔषध ट्रामोल ४२ हजार ६ सय क्याप्सुल सहित सोही ठाउँ डेरा गरी बस्ने हरिनगर गाउँपालिका-४ घर भएका ३१ वर्षीय अरसद अन्सारी र सोही गाउँपालिका-२ भुटाहा घर भएका ४५ वर्षीय जियाउल अन्सारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३२ वर्षीय गगन घिमिरेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय कमल चन्द समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ भैरव स्थान बस्ने ५० वर्षीय प्रेम पन्तलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।