प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-०९-२८

  • A
  • A-
  • A+
Share

सर्लाही, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई ४० वर्ष देखि फरार रहेका उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रौतहटमा पेश गरिएको छ । 

सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भएकी ५१ वर्षीया कमला कुमारी केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  कमलाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०३-१८

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-१२ बस्ने २९ वर्षीय पवन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पीडितलाई विभिन्न प्रलोभन देखाई वीरगंज महानगरपालिका-१५ भिष्वास्थित विभिन्न होटल तथा लजहरूमा बेश्यावृत्ति गराई बेश्यावृत्तिमा लगाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद  थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद २८ लाख २७ हजार सहित तीन जना पक्राउ
२०८२-०३-१८

पर्सा, स्रोत नखुलेको नगद २८ लाख २७ हजार सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  पकाहामैनपुर गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिल कुमार बर्णवाल, वीरगंज महानहरपालिका-३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बारा परवानीपुर गाउँपालिका-४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले अनिल कुमारलाई वीरगंज महानगरपालिका-१० मकालु चोकबाट ९ लाख ४७ हजार रूपैयाँ, बिनित कुमारलाई सोही महानगरपालिका-८ कृषी बिकास बैंक लिंकरोडबाट १५ लाख  ८१ हजार रूपैयाँ र दिपक कुमारलाई सोही महानगरपालिका-१६ रजतजयन्ती चोकबाट ३ लाख रूपैयाँ सहित पक्राउ गरेको हो ।  उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।