जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८१-०९-२९
- A
- A-
- A+
कैलाली, बर्दगोरिया गाउँपालिका-३ खैरेनी बस्ने ३४ वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्री समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ५५ रूपैयाँ र १० थान मोवाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।