हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१०-०१
- A
- A-
- A+
डडेल्धुरा, आफ्नै श्रीमती २४ वर्षीया अस्मिता थापा मगरको हत्या गरेको अभियोगमा अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बर बहादुर थापा मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी वादविवादको क्रममा डम्बर बहादुरले आफ्नै घर आँगनमा एकनाले भरूवा बन्दुकबाट गोली प्रहार गर्दा अस्मिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।