अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८१-१०-०३
- A
- A-
- A+
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरा कोशीपुलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित भोजपुर आमचोक गाउँपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले चुहाडेबाट ईटहरीतर्फ आउँदै गरेको को.१ ज २५८८ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।